१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format o८:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पत्रकार सुवेदी पुरस्कृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२५:oo

चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगदसहित सर्वाेत्कृष्ट चलचित्र पत्रकार–०७७ बाट पुरस्कृत भएका छन् । विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०७८ का अवसरमा उनी पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्षसमेत रहेका सुवेदी दुई दशकदेखि चलचित्र तथा मनोरञ्जन पत्रकारितामा सक्रिय छन् ।

अधिराज्य मिडिया नेटवर्कले काठमाडौंमा हालै आयोजना गरेको कार्यक्रमका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका उपाध्यक्ष अभिनेता धीरेन शाक्यलगायतले संयुक्त रूपमा नगद २१ हजार एक सय २१ सहित पुरस्कार प्रदान गरेका हुन् । सो अवसरमा पत्रकार डब्बु क्षेत्री, कुवेर गिरी, गोपीकृष्ण चापागाईं र विष्णु सुवेदीलाई पत्रकारिता सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा वेदप्रसाद भुर्तेलले ‘संजोग’ फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे । उत्कृष्ट अभिनेताको अवार्ड ‘मन्दिरा’ फिल्मबाट नरेन खड्काले जिते भने शुभेच्छा थापाले ‘लक्ष्मीरानी’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । सोही फिल्मबाट धीरेन शाक्यले उत्कृष्ट सहअभिनेताको अवार्ड प्राप्त गरे ।