१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १२:४६:oo

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो।

उनीहरूले चीन–अमेरिका सम्बन्धका साथै अरू साझा चासोका विषयमा पनि कुराकानी गरेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन्। फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्विपक्षीय सम्बन्ध, दुई देशबीचको व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूका विषयमा पनि कुराकानी भएको बताइएको छ। 

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने तय भएको छ। उनीहरूबीच बेइजिङको स्थानीय समयअनुसार आगामी नोभेम्बर १६ को बिहान वार्ता हुने भएको हो।

सोही उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रासस

ad
ad