१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका न्युयोर्क
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इथियोपिया सरकारद्वारा राष्ट्रसंघका अर्का एक कर्मचारी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

संयुक्त राष्ट्रसंघले इथियोपिया सरकारले आफ्ना अर्का एक कर्मचारी पनि नियन्त्रणमा लिएको जनाएको छ। राष्ट्रसंघले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । यसअघि पनि यहाँको प्रहरीले मानवीय सहायतासम्बन्धी काममा खटिएका राष्ट्रसंघका नौजना कर्मचारीहरूलाई नियन्त्रणमा लिएको थियो ।

ती कर्मचारीको रिहाइका लागि संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पहल गरिरहँदा शुक्रबार फेरि अर्का एक कर्मचारीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि पनि राष्ट्रसंघले मानवीय सहायताको काममा खटेका उसका कर्मचारीलाई अवरोध नगर्न आग्रह गरेको थियो । राष्ट्रसंघले इथियोपियाली सरकारलाई यो आग्रह गरेको भए पनि सरकारले सुनेको छैन।

इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका ट्रकहरू पनि इथियोपियाको सरकारी सुरक्षा निकायहरूले नै नियन्त्रणमा लिएका जनाएको थियो । यसै हप्ताको सुरुमा ती ट्रक र ट्रकचालक तथा अन्य कर्मचारीहरूलाई तत्कालै मुक्त गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले माग गरेका थिए ।

इथियोपियाको टिग्रे क्षेत्र पछिल्लो समयमा निकै समस्यामा परेको छ। टिग्रेका नागरिकहरूका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरूप त्यहाँ पठाइएको थियो । राष्ट्रसंघले त्यहाँ पठाएका ती सामग्री र कर्मचारीहरु सबै इथियोपिया सरकारले नियन्त्रणमा लिएको हो । इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिसा जारी रहेको छ । जसका कारण लाखौँ मानिसलाई खाद्यान्नलगायत मानवीय सहायताको अभाव रहेको छ। रासस