१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Wednesday, 02 July, 2025
रासस चितवन
२o७८ कार्तिक २६ शुक्रबार १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
रासस चितवन
नयाँ पत्रिका चितवन
२o७८ कार्तिक २६ शुक्रबार १५:४३:oo

भरतपुर महानगरपालिका– ४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरूलाई आज कारागार चलान गरेको हो।

जिल्ला अदालत चितवनका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

उनीहरूमाथि असोज २८ गते कुटपिट गरी भीमबहादुरको हत्या गरेको आरोप छ भरतपुर– ४ दुर्गाचोकनजिक दुर्गा मन्दिरअगाडि कुटपिटपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो। ५८ वर्षीय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेका बस्नेत र श्रेष्ठलाई आवेश प्रेरित ज्यान मुद्दा दर्ता भएको थियो।

आचार्यका अनुसार उनीहरूलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा  १८९ को उपदफा १ को (ग) कसुरको अपराधमा १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना माग दाबी गरिएको थियो। आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि विकको शव अझै उठ्न सकेको छैन। दलित अभियानकर्मीहरूले जातीयताका आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन्।