मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Friday, 19 September, 2025
२o७८ कार्तिक २५ बिहीबार १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १४:११:oo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध रूपमा आन्दोलन गर्ने घोषणा गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम पदार्थ, खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर रूपमा मूल्यवृद्धि गरेर आमजनतामा मार पारेको भन्दै नेकपाले ‘संघर्षका कार्यक्रमहरू’ घोषणा गरेको हो। 

‘हाम्रो पार्टी जनसरोकारको यो अन्यायपूर्ण उत्पीडनलाई मूकदर्शक भएर हेरिरहन सक्दैन। तसर्थ सम्पूर्ण मूल्यवृद्धिका विरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन पार्टीका सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा हार्दिक अपिल गर्दछ। साथै जनभावनालाई कदर गर्दै मूल्यवृद्धि तुरुन्त खारेज गर्न सरकारसँग पनि अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

हेर्नुहोस् विज्ञप्ति