Skip This
कामना सेवा विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवा विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१५:oo

कामना सेवा विकास बैंक बाग्लुङ शाखाले  आफ्नो स्थापना दिवसको अवसरमा बाग्लुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकको १५औँ स्थापना दिवसको अवसरमा आश्रमका लागि ३० हजारबराबरको खाद्य सामाग्री र न्यानो कपडा प्रदान गरिएको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आश्रमका लागि केही सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्य सामग्री र कपडा सहयोग गरेको बैंकका बाग्लुङ शाखाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए ।

बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत यस्तै प्रकारका कार्यक्रममा सहयोग गर्दै आएको अधिकारीले बताए । आश्रममा हाल तिन महिनाको एक बच्चासहित ४९ जना आश्रित रहेको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताइन् ।