मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Thursday, 18 September, 2025
२o७८ कार्तिक २४ बुधबार १८:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतीय टी- २० क्रिकेटको कप्तानमा रोहित शर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १८:२५:oo

विराट कोहलीलाई प्रतिस्थापित गर्दे रोहित शर्मा भारतीय टी- २० क्रिकेटको नयाँ कप्तान बनेका छन्। भारत टी-२० विश्व कपबाट बाहिरिएपछि क्रिकेट बोर्डले रोहित शर्मालाई कप्तान बनाउने निर्णय गरेको हो। द बोर्ड अफ क्रिकेट कन्ट्रोल अफ इन्डिया( बिसिसिआई) ले मंगलबार ३४ वर्षीय शर्मालाई टी- २० क्रिकेटको कप्तान तथा के एल राहुललाई उपकप्तान बनाउने निर्णय सार्वजनिक गरेको हो।

सन् २०१७ मा टी- २० का भारतीय कप्तान बनेका कोहलीले कामको बोझ अत्याधिक भएको भन्दै गत सेप्टेम्बरमा कप्तानबाट राजीनामा दिने बताएका थिए। एक दिवसीय तथा टेस्ट क्रिकेटका कप्तान भने कोहली नै रहनेछन्। टी-२० का नयाँ कप्तान शर्माले सन् २००७ मा भारतबाट पहिलो खेल खेलेका थिए। उनी सन् २०१३ मा टेस्ट क्रिकेट टिममा परेका थिए। उनले हालसम्म ११६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका शर्माले तीन हजार २९ रन बनाएका छन्। त्यस्तै, एक दिवसीय क्रिकेटमा दुई सय २७ अन्तर्राष्ट्रिय खेल खेलेका उनले नौ हजार दुई सय पाँच रन तथा ४३ टेस्ट म्याचमा तीन हजार ४७ रन बनाएका छन्। 

शर्माले आफ्नो कप्तानीमा मुम्बई इन्डिएन्सलाई पाँचपटकसम्म इन्डिएन प्रिमिएर लिग (आइपिएल) को उपाधि दिलाइसकेका छन्। कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंलोरले भने एकपटक पनि आइपिएलको उपाधि हात पार्न सकेको छैन। 

जारी टी- २० विश्व कपमा पाकिस्तान र न्युजिल्यान्डसँग खराब प्रदर्शन गरेको भारतीय टिमको निकै ठूलो आलोचना भएको थियो। आगामी नाेभेम्बरमा न्युजिल्यान्डसँग हुने  टी-२० प्रतियाेगिताका लागि भारतीय टोलीको नाम सार्वजनिक गरेको बिसिसिआईले विराट कोहली, मोहम्मद शामी, जसप्रित बुम्रा तथा रवीन्द्र जडेजालाई आराम गर्ने समय दिइएको बताएको छ। 

भारतीय नयाँ स्क्वाड

रोहित शर्मा (कप्तान), केएल राहुल –उपकप्तान), रुतुराज गैकवाद, श्रेयस अएर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट किपर), ईशान किसान (विकेट किपर), वेन्कतेश  अएर, युजवेन्द्र चाहाल, आर आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहार, हर्षल पटेल र मोहम्मद सिराज।