१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा विवाद : फर्म नभरेका र एमालेका सदस्यलाई पनि कांग्रेसको क्रियाशील सदस्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:o९:oo

हिमाली जिल्ला रसुवामा कांग्रेसको क्रियाशील सदस्यता फर्म नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा फर्म नभरेका सयभन्दा बढी व्यक्तिलाई छानबिन समितिले सीधै क्रियाशील सदस्यता दिएपछि विवाद चुलिएको हो । 

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवाका कांग्रेसी युवाहरू छानबिन समितिप्रति आक्रोशित भएका हुन् । 

कांग्रेस नौकुण्ड गाउँपालिका– १ रसुवाका वडा सभापति आशिष तामाङले अराजक, अधिनायकवाद, अलोकतान्त्रिक र स्वच्छेचारी ढंगले वितरण गरिएको क्रियाशील सदस्यताले पार्टीप्रति सच्चा, इमान्दार र आस्थावान कार्यकर्ताको मनोबल गिराउने कार्य गरेको बताए । ‘वडा समितिबाट सिफारिस गरिएको सच्चा कार्यकर्ताहरूको क्रियाशील सदस्यता कटौती गर्ने र विधानविपरीत गैरकांग्रेसलाई पनि जबरजस्ती सदस्यता वितरण गर्ने कार्यको घोर भत्र्सना गर्दै क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न आग्रह गर्दछु,’ उनले भने । 

क्रियाशील छानबिन समितिले एमालेलाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरेको आरोप लगाइएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशील सदस्यतामा एमालेको वडा कमिटीमा रहेकालाई क्रियाशील सदस्यता वितरण गरिएको कांग्रेस रसुवाले जनाएको छ । 

तिहारअघि ७५ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिदा रसुवा र रौतहटको क्रियाशील सदस्यता टुंगिन बाँकी रहेकोमा रसुवाको आइतबार मात्र टुंग्याइएको थियो । क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोबल गिराउने कार्य गरेको भन्दै रसुवा कांग्रेसले आपत्ति जनाएको छ । 
वडा कार्यसमितिबाट सिफारिस गरिएको कार्यकर्ताहरूको क्रियाशील कटौती गर्ने र विधानविपरीत गैरकांग्रेसलाई जबरजस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिको आलोचनासमेत गरिएको छ ।
रसुवामा कांग्रेसको क्रियाशील सदस्यको संख्या तीन हजार ८५७ रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

ad
ad