१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Wednesday, 02 July, 2025
२o७८ कार्तिक २४ बुधबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँचदलीय गठबन्धन चुनावसम्मै : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १७:१o:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै रहने बताएका छन्। स्थानीय तह, प्रदेश, संघ र अब छिट्टै हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन यथावत रहने उनले बताए। नेकपा एस दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न हेलिकाेप्टरमार्फत गोकुलेश्वर पुगेका अध्यक्ष नेपालले केपी ओलीको पार्टीको भविष्य पाँचदलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिए।

निकै हतारमा छोटो सम्बोधन गरेका अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको दाबी गरे। उनले भने, ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ।’ उनले अहिले घोषणा गरिएको कमिटीले सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे। सोही कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ओलीको पार्टी तहसनहस पारिदिने चेतावनी दिए। उनले भने, ‘यो एकता र पाँचदलीय एलाइन्स सबै निर्वाचनसम्म रहन्छ। हामी एमाले पार्टीको सखाप पार्छौँ।’

मन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर एयरपोर्ट र राष्ट्रकै सातौँ धाम मालिकार्जुनको लागि बजेटको कमी हुन नदिने बताए। नेकपा एसको जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले अहिले एयरपोर्टको लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गरे।