१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले टुंग्यायो ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:३६:oo

नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगाएको छ। पछिल्लो समय विवाद बाँकी रहेको रौतहट र रसुवाको विवाद टुंगो लागेसँगै सबै जिल्लाको विवाद टुंगिएको हो।

विवाद टुंगो लागेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यता नामावली वेबसाइटमार्फत सार्वजनिक गरिएको जनाएको छ। कांग्रेसको नयाँ कार्यतालिकाअनुसार कात्तिक २७ बाट रोकिएका अधिवेशन प्रक्रिया सुरु गरेर मंसिर २४ देखि २६ सम्म केन्द्रीय महाधिवेशनको मिति तोकिएको छ। 

केन्द्रबाट सदस्यताको विवाद टुंगो लागे पनि असन्तुष्टि भने कायमै रहेको छ। क्रियाशीलको विषयलाई लिएर तराईका जिल्ला, काठमाडौंको दक्षिणकाली नगरपालिका– २, काभ्रेको महाभारत गाउँपालिकालगाायतका स्थानमा सदस्यता विवादलाई  लिएर अझै पनि असन्तुष्टि देखिएको छ। 

काठमाडौं र काभ्रेमा क्रियाशील सदस्यताकै कारण स्थानीय तहको अधिवेशन हुन सकेको छैन। 

ad
ad