१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २४ बुधबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २४ बुधबार १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेशमा मन्त्री नबनाएको भन्दै राजकाजी महर्जनको असन्तुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २४ बुधबार १३:३४:oo

प्रदेश सरकारमा मन्त्री नबनाएको भन्दै बागमती प्रदेश ललितपुर (क)  का प्रदेश सभा सांसद राजकाजी महर्जनले असन्तुष्टि जनाएका छन्। पार्टीमा अन्य योग्य र अनुभवी व्यक्ति हुँदाहुँदै अयोग्य व्यक्तिलाई मन्त्री बनाइएको भन्दै महर्जनले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पुगेर असन्तुष्टि जनाएका हुन्। 

उनले आफूलाई मन्त्री नबनाएकोमा दुःखी नभएको, तर पार्टीभित्रका योग्य व्यक्तिले स्थान नपाएको बताए। उनले भने, ‘पार्टीभित्र अन्य योग्य व्यक्ति पनि छन्, २०–३० जना योग्य व्यक्तिको सूची मैले दिन सक्छु, तर योग्य व्यक्तिलाई मन्त्री बनाइएन, मैले यही विषयमा पार्टी कार्यालयमा आफ्नो सुझाव राखेको छु, म दुःखी छैन।’ आफू पार्टीको निर्णयअनुसार चल्ने उनले बताए। 

माओवादी केन्द्रको पार्टी सदस्यता नवीकरणको अन्तिम मिति सकिनै लाग्दा सांसद राजकाजीले जिल्लाका नेताहरूको फोन नउठाएको बताएका छन्। आफूलाई मन्त्री नबनाएकोप्रति उनले नेताहरूसँग गुनासो गरेको माओवादी केन्द्रका एक नेताले बताए। मंगलबार पनि उनले पार्टी मुख्यालयमा बागमती प्रदेश इन्चार्ज हितमान शाक्यसँग असन्तुष्टि राखेका थिए। स्रोतका अनुसार सांसदको लोगो राख्न भन्दै उनले राजीनामा दिनेसमेत चेतावनी दिएका थिए।