१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज पनि कालोपट्टी बाँधेर धर्नामा बार, दोस्रो चरणको आन्दोलनको स्वरूपबारे छलफल जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४१:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि धर्ना सुरु गरेको छ। नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरूले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।सयौँको संख्यामा कानुन व्यवसायीहरू धर्नामा बसेका छन्। बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटमसहित तिहारअघि पहिलो चरणमा धर्नाको कार्यक्रम घोषणा गरेको थियो। 

बारले राजीनामा बटमलाइन भएको भन्दै दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेको छ। बारले दोस्रो चरणमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताएको छ। आन्दोलनको स्वरूपबारे बारका देशभरका इकाइसँग छलफल भइरहेको बारले जानकारी दिएको छ।