१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२१:oo

 बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोही व्यवस्थाअनुसार सोमबार विश्वासको मत लिन लागेका हुन् । 

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका ५९ सांसदको समर्थनमा पाण्डे ११ कातिकमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभामा १७ कातिकमा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएको थियो । त्यसका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइको छ । 

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने निश्चित देखिएको छ । सभामुखसहित १ सय ९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ गरी सत्ता गठबन्धनसँग ५९ सांसद छन् । सरकार बनाउन ५५ मत भए पुग्छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग ४३ सांसद छन् । तीन सांसद रहेका विवेकशील साझा तथा दुई दुई सांसद रहेका राप्रपा र नेमकिपा पनि विपक्षमा छन् । विवेकशील साझाले वर्तमान सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने जनाइसकेको छ । 

ad
ad