१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:४९:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन्।  बिहीबार नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने चेतावनी दिए। उनले पार्टीमा जतिसुकै ठूलो पदको भए पनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताए। ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भए पनि हामी कडा स्टेप चाल्नेमा छौँ। तपाईंहरूको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ,’ उनले भने।

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरू माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताए। माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदा पनि प्रचण्ड जिउँदै रहुन्जेल माओवादी पार्टी झन् जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उनको भनाइ छ। ‘अहिले पनि प्रतिक्रान्तिकारीहरू षड्यन्त्रमै छन्। प्रतिक्रियावादीहरू षड्यन्त्रमै छन्। देशी विदेशी प्रतिक्रियावादीहरू कुनै न कुनै रूपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरे पनि नहुने, उनीहरूले तारो बनाए तपाईंहरूलाई थाहा छ, उनीहरूको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व छ। किनकि पार्टी फुटाउँदा पनि केही सीप लागेन। पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड जिउँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो। त्यसकारण अनेक खालका षड्यन्त्र छन्। तार्गेटचाहिँ बनाउन खोजिएको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गरे। माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उनले बताए।
 

ad
ad