१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीले महासचिव भुसालको नेतृत्वमा बनायो तीन सदस्यीय वार्ताटोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार १७:१५:००

नेकपा एकीकृत समाजवादीले पार्टीमा विभिन्न राजनीतिक समूह र व्यक्तिहरूसँग वार्ता गर्न महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव डा. गंगालाल तुलाधर र डा. विजयकुमार पौडेल सदस्य रहेको वार्ताटोली गठन गरेको छ । वार्ताटोलीले वार्तासम्बन्धी प्रस्ताव तयार गरी सचिवालयमा पेस गर्ने तुलाधरले जानकारी दिए । 

केन्द्रीय सचिवालयको बुधबार बसेको चौथो बैठकले वार्ताटोली बनाएको तुलाधरले बिहीबार प्रेस वक्तव्य जारी गरेर जनाएका छन् । बैठकले केन्द्रीय कार्यालयबाट भएका केन्द्रीय कमिटीको प्रथम बैठकबाट पारित राजनीतिक प्रस्ताव, केन्द्रीय कमिटीको विस्तार एवं कार्यविभाजनसहितको अन्तरपार्टी निर्देशन– २ र अन्तरिम विधान–२०७८ को सम्पादन तथा प्रकाशनलगायतका कार्यहरूको अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

संयुक्त सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने, पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीहरूले पार्टीको नीति र निर्देशनअनुसार प्रभावकारी ढंगले काम गर्ने, मन्त्री तथा मुख्यमन्त्री सल्लाहकारहरूको नियुक्ति र सचिवालयको गठन गर्दा पार्टीसँग सल्लाह गरेर गर्ने, राजनीतिक नियुक्ति गर्दा केन्द्रमा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेअनुसार गर्ने र प्रदेशमा पार्टी अध्यक्षको सहमति लिएर प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र मुख्यमन्त्रीको निर्णयअनुसार काम गर्ने निर्णय बैठकले गरेको छ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौंमा गर्ने भएको छ । बैठकले विभिन्न केन्द्रीय विभागहरू पनि गठन गरेको छ ।

बैठकले न्यायपालिकामा देखापरेको समस्यालाई गम्भीर रुपमा लिई उपयुक्त निकास निकाल्न पाँच दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको तुलाधरले जानकारी दिए ।