१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
कमल खत्री म्याग्दी
२o८१ जेठ ७ सोमबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिंगामा व्यावसायिक रूपमा सयपत्री फूलको खेती 

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १४:o९:oo

म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा व्यावसायिक फूलखेती गरिएको छ। तिहार पर्वलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक रूपमा सयपत्री फूल उत्पादन गरेको हो।

आँगेबगर र सिंगामा दुई/दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले जानकारी दिए। उनका अनुसार बगैँचामै पुगेर तिहारलाई लक्षित गरी फूल खरिद गर्नेहरूको भिड लागेको छ। यहाँ सयपत्री फूललाई प्रतिकिलो रु ३ सयमा बिक्री गर्ने गरिएको छ। 

हरियालीले विगत तीन वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको छ। यसवर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन्। उत्पादन र बिक्री राम्रो भएको जनाइएको छ। अघिल्ला वर्षमा एकदेखि डेढ लाख मूल्यबराबरको फूल बेचेको फार्मले यसपालि अझ बढी बिक्री हुने अनुमान गरेको छ। तिहारमा दिदीबहिनीहरूले दाइभाइलाई टीकासँगै माला लगाउने चलन छ। खासगरी पूजाआजा र माला बनाउन फूलको प्रयोग हुन्छ। 

ad
ad