Skip This
चौधरी ग्रुपले ल्यायो ‘बेको’ इलेक्ट्रोनिक्स ब्रान्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चौधरी ग्रुपले ल्यायो ‘बेको’ इलेक्ट्रोनिक्स ब्रान्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:४o:oo

चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले इलेक्ट्रोनिक्स ब्रान्ड बेका नेपाली बजारमा भित्र्याएको छ । सिजी इलेक्ट्रोनिक्सले बेको कम्पनीसँग सहकार्य गरी नेपाली बजारका लागि आधिकारिक विक्रेताका रूपमा बेको ब्रान्डका उत्पादनहरू बिक्री सुरु गरेको हो । 

कम्पनीका अनुसार नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुसरण गर्दै कम्पनीले बेको ब्रान्डका नयाँ उत्पादनहरूको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ । यसले स्थानीय बजारको साथसाथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा टेवा पुग्ने कम्पनीको दाबी छ । 

नेपाली बजारमा बेको ब्रान्डका वासिङ मेसिन वितरण भइसकेको उत्साहजनक बिक्री भइरहेको कम्पनीको दाबी छ । डिसवसर पनि बजारमा पठाउन तयारी अवस्थामा रहेको जनाइएको छ । कम्पनीले बेको ब्रान्ड्का अरू उत्पादन पनि छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । बेकोका उत्पादन एक सय ३० भन्दा बढी देशमा बिक्री भइरहेको र २२ वटा देशमा यसको कारखाना रहेको कम्पनीले जनाएको छ ।