१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Thursday, 03 July, 2025
२o७८ कार्तिक १६ मंगलबार १५:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ नेता पौडेल भन्छन्– राजीनामा दिन ढिला गरे जबराको बहिर्गमन अपमानजनक हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार १५:१६:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जबराले छिटोभन्दा छिटो राजीनामा दिए मात्रै सम्मानजनक बहिर्गमन हुने स्पष्ट पारे। 

वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बहिर्गमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने बताएका हुन्। राजीनामा दिन ढिलाइ गरे जबराको बहिर्गमन अपमानजनक हुने बताए। प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको उनको आरोप छ।

पौडेलले भने, ‘प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नुभयो– ल ल म छोड्न त छोड्छु, तर मलाई सम्मानजनक बहिर्गमनका लागि मौका दिनुस्। मैले त हिजो भन्दिएँ– जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक। जति ढिलो छोड्नुहुन्छ त्यति असम्मानजनक हुन्छ तपाईंको। किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्। सेटिङ गर्नुभएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित। प्रधानन्यायाधीशसँग सेटिङ गर्ने। तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु । आयुक्त दिन्छु, मेरो कुरा मान । मैले संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान । संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन ?’