१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पठनपाठन छाडेर तलबभत्ताको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

सिरहाको कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक र कर्मचारी आन्दोलित भएका छन्। विद्यालय बन्द गरी शिक्षक र कर्मचारीहरु कल्याणपुर नगरपालिकाको प्रशासनिक भवन अगाडी धर्नामा बसेका छन्।

चाडपर्वका वेला आफूहरुलाई तलबभत्ता नदिएको भन्दै उनीहरुले अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्। चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै धर्ना सुरु गरेका शिक्षक कर्मचारीले विद्यालयको पठन पाठन नै बन्द गरेका छन्। आन्दोलन संचालन समितिका संयोजक रामपुकार रायले कल्याणपुर नगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलबभक्ता भुक्तानी नगरेपछि दबाब दिनका लागि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।  

कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले नगरसभा नहुँदा नगरपालिकाको खाता संचालन नभएकाले कर्मचारी र शिक्षकको तलबभत्ता रोकिएको बताए। ‘खाता संचालन भएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत दासले भने,‘नगरसभा नहुँदा शुत्र प्रणाली लागू भएकोले खाता संचालन गर्ने अख्तियारी नै प्राप्त भएको छैन्।’ 

शिक्षक कर्मचारी नै आन्दोलनमा उत्रेपछि कल्याणपुर नगरपालिका क्षेत्रका ६ माध्यमिक विद्यालय सहित २९ विद्यालयका करिब ७ हजार बालबालिकाको पठनपाठन प्रभावित बनेको छ।