१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Sunday, 11 May, 2025
२o७८ कार्तिक १५ सोमबार o९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिद्वारा गौतमबुद्ध विमानस्थलमा बुद्धमूर्ति अनावरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १५ सोमबार o९:१५:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्न सके मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छिन् । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको आइतबार अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । 

‘मानवजातिले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्छ,’ राष्ट्रपतिले भनिन्, ‘नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीले गर्वको अनुभूति गर्नुपर्छ ।’ उनले नेपालीले विश्व समुदायलाई नै अहिंसा र शान्तिको सन्देश दिइरहेको जिकिर गरिन् । 

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले विमानस्थलमा बुद्धमूर्तिको राखेर यसको महत्वलाई अझै बढाइएको बताए । विमानस्थलमा ओर्लने पर्यटकहरूले सन्देश बोकेर आउने बताउँदै विमानस्थल अविलम्ब सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताए ।म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा ल्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ । एक दशमलव नौ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइको छ । म्यानमारका भिक्षुहरूले बिदाइ गरी नेपाल पठाएको मूर्ति इशापूर्व पाँच सय वर्ष पहिला बुद्धले पाइला टेकेको भन्ने विश्वासका साथ उक्त ठाउँको खानीबाट निस्केको बहुमूल्य ढुंगाबाट निर्माण भएको फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले बताए ।

लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा म्यानमारको मा लिविन गु्रपको सहयोगमा निर्र्मित बुद्धमूर्र्ति विमानस्थल परिसरमा राखिएको लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनी गार्डेन फाउन्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतमबुद्ध विमानस्थलमा राख्न बुद्धमूर्ति ल्याएको नगरपालिकाका अध्यक्ष मनमोहन चौधरीले बताए ।