१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डिभी भर्ने चक्करमा राहदानी बनाउनेको भिड, कर्मचारी नहुँदा सास्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १७:o२:oo

आइतबार बिहानैदेखि राहदानी विभागमा सेवाग्राहीको भिड लाग्यो। नयाँ राहदानी बनाउने र नवीकरण गर्ने सेवाग्राहीले दिनभरिजसो लाइनमा बसे पनि राहदानी बनाउन सकेनन् । आइतबार नै राहदानी बनाएर फर्किने सुरमा विभाग पुगेका धेरै सेवाग्राही फारम मात्रै भरेर फर्किए । कतिपय सेवाग्राही पालो नआएर टोकन लिएर फर्किए । 

बिहानैदेखि विभागमा सेवाग्राहीको भिड लागे पनि अधिकांश कर्मचारी भने कार्यालयमा उपस्थित थिएनन्। विभागका महानिर्देशन, निर्देशक, सूचना अधिकारीलगायतको टोली डिजिटल राहदानीसम्बन्धी तालिम लिन पोखरा गएका थिए। कर्मचारीको संख्या कम भएका कारण राहदानी बनाउन आएका सेवाग्राहीहरू यसै फर्किए ।

टोकन दिएर अर्को दिन बोलाएर फकाइएको सेवाग्राहीको गुनासो छ। आजै राहदानी बनाउने भनेर आएको, तर टोकन दिएर पठायो, फारमसमेत बुझाउन पाइएन,’ बुटबलबाट राहदानी बनाउन आएका अनिलकुमार अधिकारीले भने, ‘दिनभरि लाइनमा बसेर टोकन लिएर फर्कियौँ।’ 

उनीसँगै आएका विष्णु घिमिरेले पनि आजै राहदानी बनाउने भनेर विभाग पुगेका थिए। उनी पनि राहदानी नबनाई फर्किए। ‘घण्टाैँसम्म लाइनमा बस्दा पनि पालो आएन, दिनभरि कुराएर टोकन दिएर कर्मचारीले भोलि आउनुस् भन्दै पठाए,’ उनले भने। 

अत्याधिक भिडका कारण सबैजसो सेवाग्राहीको फारम लिन नसकिएको विभागका कर्मचारीले बताए। विभागका प्रशासन शाखा प्रमुख डिल्ली आचार्यले कार्यालय प्रमुखको टोली तालिममा गएकोले आफूहरूलाई काम गर्न कठिन भएको बताए।  ‘उहाँहरू तालिममा जानुभएको छ, सेवाग्राहीको बढी चाप भएकोले सबैको फारम बुझ्न सकिएन,’ उनले भने, ‘डिभी भर्ने चक्करमा राहदानी बनाउन आउने भिड लागेको हो, अन्य समयमा यस्तो हुन्थेन।’ 

उनका अनुसार महानिर्देशक दोर्णनाथ अर्याल, निर्देशक सागर फुँयाललगायतको टोली पोखरा गएको छ। मुख्य कर्मचारीहरू तालिममा गएकोले सेवाग्राहीले राहदानी बनाउन आउँदा सास्ती खेपेका छन्। 

विभागका अनुसार आइतबार दुई हजार हाराहारी सेवाग्राहीको भिड लागेको थियो। तीमध्ये आठ सयजनाले फारम बुझाएका छन्। 

राहदानी विभागमा जस्तै कन्सुलर सेवा विभागमा पनि आइतबार सेवाग्राहीको भिड लागेको छ। आइतबार करिब दुई हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको विभागका महानिर्देशक धनबहादुर ओलीले जानकारी दिए। उनका अनुसार पछिल्लो समय विदेश जानेहरूको संख्या बढेकोले कन्सुलरमा आउने सेवाग्राहीको संख्या पनि बढेको हो।

ad
ad