Skip This
मुख्यमन्त्री पाण्डे भन्छन्– मेरो पालामा भ्रष्टाचार हुन्न, विगतको भ्रष्टाचार बाहिर ल्याउँछु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format २१:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पाण्डे भन्छन्– मेरो पालामा भ्रष्टाचार हुन्न, विगतको भ्रष्टाचार बाहिर ल्याउँछु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o४:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भ्रष्टाचार अन्त्य गर्ने बताएका छन् । धादिङका नागरिक संस्थाहरूद्वारा शनिबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले आफ्नो पालामा भ्रष्टाचार हुन नदिने र पहिले भए गरेका भ्रष्टचारको पनि भण्डाफोर गर्ने बताए ।

‘धादिङे जनताको मात्र होइन, सिंगो देशकै जनताको सान, मान, स्वाभिमान उच्च हुने काम गर्छु । मेरो पालामा भ्रष्टाचार भएको एक रती सुन्न पाउनुहुन्न । विगतको भ्रष्टाचार खोतलेर तपाईंहरूको माझमा ल्याइदिन्छु ।’ उनले भने, ‘म बागमती प्रदेशको मुख्यमन्त्रीसँगै नेकपा (एकीकृत समाजवादी) को प्रथम उपाध्यक्ष हुँ । म ७७ वटै जिल्लाको नेता हुँ । बागमती प्रदेशको काम अरू प्रदेशले अनुकरण गर्ने योजना स्वीकृत गरी काम गरेर देखाउँछु । बागमती प्रदेश नमुना प्रदेश बन्नेछ,’ उनले भने ।

आगामी २२ कात्तिकमा सरकारले विश्वासको मत लिने र मन्त्रिमण्डल विस्तार हुने उनले जानकारी दिए । धादिङ मात्र नभएर बागमती प्रदेशका १३वटै जिल्लाकोे विकास र नागरिकको शिर उच्च हुने काम गर्ने उनले बताए ।

सबैभन्दा पछाडि परेकाहरूलाई प्राथमिकतामा राखेर विकासका काम अघि बढ्ने उनले बताए । उनले भने, ‘योजना तोक्ने पैसा खर्च गर्न नसक्ने ठूला भद्दा क्षेत्रमा पैसा हाल्दैनौँ । जनताको आवश्यकता पूर्ति गर्न तत्काल खर्च गर्ने, तत्काल जनताले सुविधा पाइहाल्ने, तीन महिनाभित्र परिणाम देखिने शीर्षकमा खर्च गर्छाैँ ।’

बागमती प्रदेशका सबै पालिकामा एसइई पास गरेकालाई तीनवर्षे प्राविधिक शिक्षा अध्यापन गराई बागमती प्रदेशका पालिकामै काम गर्ने वातावरण बनाउने उनको भनाइ छ ।