१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस फुङ्लिङ
२o८१ जेठ १ मंगलबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
रासस फुङ्लिङ
नयाँ पत्रिका फुङ्लिङ
२o८१ जेठ १ मंगलबार १६:५५:oo

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका– ५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ।

लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग २० हजार रुपैयाँ लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

पक्राउ पर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ad
ad