मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १६:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राज्यले मिडिया सञ्चालन गर्न जरुरी छैन : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४८:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चारमैत्री भएर अघि बढ्ने बताएका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको शनिबार सौराहामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशको परिवर्तनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको अतुलनीय योगदान रहेको उल्लेख गरे। 

सञ्चारमाध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिक आन्दोलनमार्फत परिवर्तनका लागि खेलेको भूमिकाका आधारमा सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा लाग्नुपर्छ।’ प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, संघीयता र समावेशी लोकतन्त्रको पक्षमा रहेको भन्दै उनले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गरे। आफ्नो कार्यकालमा कुनै पनि सञ्चारमाध्यमलाई पक्षपात नुहुने भन्दै मुख्यमन्त्री पाण्डेले भने, ‘संविधान, संघीयता र लोकतन्त्रको विपक्षमा उभिने सञ्चारमाध्यमको पक्षमा म हुनेछैन।’ गठबन्धनबाट मुख्यमन्त्री बनेको भन्दै उनले एउटा मात्रै पार्टीको भनेर हिँड्न पाउने छुट अहिलेको प्रदेश सरकारलाई नरहेको बताए।

अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम खोल्ने नीति ल्याएको भए पनि आफू त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारेका छन्। उनले भने, ‘मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन। छुट्टयाएको बजेट ठीक ढंगले ठीक काममा लगाउँला।’ रासस