१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक १३ शनिबार ०७:४६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय रेस्लिङको तयारी पूरा 

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १३ शनिबार ०७:४६:००

हिमाली जिल्ला दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक आयोजना हुन लागेको हाईअल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा शनिबार चरिकोटस्थित भ्युटावर खेल मैदानमा हुनेछ । प्रतियोगितामा १७ पुरुष तथा महिला रेस्लरहरूले प्रतिस्पर्धा गर्ने नेपाल रेस्लिङ संघकी केन्द्रीय महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छिन् । 

खेल क्षेत्रको विकाससँगै कोभिड महामारीले थलिएको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले दोलखामा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको महासचिव श्रेष्ठले बताइन् । प्रतियोगिता आयोजक टोलीले सर्वसाधारणका लागि चरिकोट बजारबाट भ्युटावर खेलमैदानसम्म पुग्न दुईवटा बसको समेत व्यवस्था गरेको छ । शुक्रबार प्रतियोगितामा सबै खेलाडी आइपुगेका छन् । प्रतियोगितामा नुवाकोटे टाइगर, थागु, डेभिड, साइन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु , सिजे, एमसी जोनलगायतका महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन् । 

दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा हुने प्रतियोगितामा देशभरका उत्कृष्ट रेस्लरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । संघकी महासचिव श्रेष्ठले प्रतियोगिताका लागि मञ्चदेखि रिङ व्यवस्थापनलगायतका सम्पूर्ण काम सकिएको बताइन् । ‘मञ्च व्यवस्थापनदेखि रिङ व्यवस्थापनको काम सकिएको छ । सबै खेलाडी कार्यक्रमस्थलसम्म आइपुगेका छन्,’ श्रेष्ठले भनिन्, ‘जिल्लावासीले खेलाडी र यस खेललाई न्यायो स्वागत गर्नुभएको छ ।’ 

प्रतियोगिताको हेभी वेट च्याम्पियनले १ लाख ५० हजार, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाइट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँ पाउनेछन् । हिमाली जिल्लामा पनि रेस्लिङ खेलको विकास र दुई हजार मिटरमाथिको क्षेत्रमा रेस्लिङ आयोजना गर्नुको उद्देश्य रहेको बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

नेपालमा उत्पादित खेलाडी अन्तर्राष्ट्रय क्षेत्रमा प्रतिस्पर्धा गर्न योग्य बनाउने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको महासचिव श्रेष्ठको भनाइ छ । प्रतियोगिताको बजेट २९ लाख रहेको छ ।