
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमणमा जानुअघि गृहमन्त्री खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको व्यवस्था गरिएको छैन। मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको वरीयताक्रममा गृहमन्त्री खाणलाई राखिएको छ।
प्रधानमन्त्री देउवाले दैनिक प्रशासनिक कार्य गृहमन्त्री खाणले सम्हाल्ने गरी जिम्मेवारी तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। सोहीअनुसार कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।