मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १o:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेंसीसहर नगरपालिका– ६ का अध्यक्ष रिमालले दिए एमालेबाट राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१४:oo

बेंसीसहर नगरपालिका– ६ का वडाध्यक्ष एवं नेकपा एमालेका जिल्ला कमिटी सदस्य भोजबहादुर रिमालले पार्टीबाट राजीनामा दिएका छन्। नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष रिमालले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीभित्रको अन्तर्घातका कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन्।

रिमालले एमाले जिल्ला कमिटी लमजुङलाई सम्बोधन गरी राजीनामा दिएको विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘एमालेको नगर अधिवेशनमा उपस्थित प्रतिनिधिको भावनाविपरीत नेताको ठाडो निर्देशनअनुसार नगर कमिटीको अध्यक्ष तोक्ने प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकाले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु।’

 रिमालले शनिबारको नगर अधिवेशनमा नगर अध्यक्षमा दाबी गरेका थिए।