Skip This
नेपाल एसबिआई बैंकको अध्यक्षमा अरोरा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Tuesday, 13 May, 2025
अध्यक्ष राजीव अरोरा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिँदै ।
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार o६:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल एसबिआई बैंकको अध्यक्षमा अरोरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार o६:o२:oo

नेपाल एसबिआई बैंक सञ्चालक समितिको अध्यक्षमा राजीव अरोरा चयन भएका छन् । स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक अरोरालाई सञ्चालक समितिले सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष अरोरा एसबिआईको मुम्बईमा रहेको प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई समूहको रणनीति, व्यवसाय प्रवद्र्धन, सञ्चालन प्रभावकारिता तथा समूहको अन्य मामिला हेरिरहेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष अरोरालाई पद तथा गोपनीयताको शपथ गराएको जनाइएको छ । शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशकहरू तथा नेपाल एसबिआई बैंकका निवर्तमान अध्यक्ष तथा एसबिआई भारतका मुख्य महाप्रबन्धक बिआरएस सत्यनारायणका साथै बैंकका सञ्चालकहरू, बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलगायतको उपस्थिति रहेको जनाइएको छ ।