मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमाथि अफ्रिकन युनियनको प्रतिबन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

सुडानको संक्रमणकालीन प्रजातान्त्रिक सरकारलाई सेनाले अपदस्थ गरेसँगै अफ्रिकन युनियनले सुडानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। युनियनले सुडानमा आफ्ना कुनै किसिमका गतिविधि नगर्ने पनि बताएको छ। 
अफ्रिकन युनियनले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक सरकारको ‘प्रभावकारी पुनर्स्थापना’ नभएसम्म सुडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ। 

सुडानमा सेनाले शक्ति हत्याएपछि प्रतिपक्षी गठबन्धन तथा ‘द फोर्सेज अफ फ्रिडम एन्ड चेन्ज एलाएन्स’ले सेनाको कदमको विरोध गर्दै राष्ट्रिय भद्र अवज्ञा आन्दोलन भइरहेको वेला अफ्रिकन युनियनको यस्तो निर्णय आएको हो। भद्र अवज्ञा आन्दोलनमा बुधबार तेल कम्पनीका कामदार तथा डाक्टरहरूले पनि ऐक्यबद्धता जनाएका छन्। 
सेनाप्रमुख अब्देल फताह अल–बुर्हानले सोमबार देशव्यापी संकटकाल लगाउँदै संक्रमणकालीन सरकार तथा देशमा निर्वाचन गराउनका लागि गठन गरिएको सोभरिएन काउन्सिललाई भंग गरेका थिए।  

राजधानी खार्तोम तथा देशको मुख्य सहर ओम्डरम्यानमा दशौँ हजारको संख्यामा प्रजातन्त्र पक्षधर भेला भएर सेनाको कदमको विरोध भइरहेको छ। सोमबार बिहान संक्रमणकालीन सरकारको मन्त्रिपरिषद्का वरिष्ठ अधिकारीहरूलाई पक्राउ गरी सेनाले शक्ति हातमा लिएको समाचार आउनासाथ मानिसहरू त्यसको विरोधमा सडकमा आएर विरोध गरेका थिए। प्रदर्शनमा सहभागीहरूमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा सातजनाको ज्यान जानुका साथै सयौँ घाइते भएको बताइएको छ। 

आन्दोलन चर्किँदै गएपछि सैनिक जनरल बुर्हानले पत्रकार सम्मेलन गरेर गृहयुद्ध रोक्नका लागि सो कदम चालिएको भन्दै आफ्नो कदमकाे बचाउ गरेका छन्।