१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अन्तर्राष्ट्रिय दबाबपछि सुडानका प्रधानमन्त्री हम्डोक रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मंगलबार राति अबेर रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय रूपमा भएको कडा दबाबपछि उनलाई सेनालो रिहा गरेको हो। यद्यपि, सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ। अन्य मन्त्रीहरू र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले जनाएको छ।

सैन्य कूपछि अमेरिका र इयूले  सुडानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएका थिए। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक सुरु हुनुभन्दा अगाडि नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए। बैठकअघि, संयुक्त राष्ट्रसंघका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले “सबै पक्षबाट हिंसा रोक्न अपिल गर्नुपर्ने बताएका थिए।

लामो समयदेखि निरंकुश शासक ओमार अल–बसिरलाई सन् २०१९ अप्रिल मा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिकहरूबीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणाम नै यो ‘कू’ भएको बताइन्छ। गत सोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डाेकसहित दर्जनौँ नेताहरूलाई गरिफ्तार गरेको थियो। प्रधानमन्त्री हम्डाेकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको विदेशी सञ्चारमाध्यमहरूद्वारा जारी समाचारमा जनाइएको थियो। 

सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पद त्याग गर्न भने पनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डाेकलाई नियन्त्रणमा लिएका थिए। नागरिक अगुवाहरूसमेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्बन्धमा तिक्तता आएको थियो। सोमबार गरेको कूविरुद्धमा व्यापक विरोध प्रदर्शनका क्रममा सरकारी सुरक्षाकर्मीले दमन गर्दा कम्तीमा सातजनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी  घाइते भएका थिए। रासस