१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार १८:१६:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी  १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूसँगको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई यस्तो निर्देशन दिएका पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

‘पार्टी सभापतिले स्पष्ट रूपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ, तपाईंहरूले यो प्रक्रियालाई चाँडोभन्दा चाँडाे अगाडि बढाउनुहोस् र मंसिरभित्र महाधिवेशन गरी सक्नुपर्छ। त्यसकारण यो तलदेखि केन्द्रीय महाधिवेशन जुन छ, यो मंसिरभित्र हुनुपर्छ। र, त्यहीअनुरूप तपाईंहरूले कार्यतालिकाका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनुभएको छ,’ महतले भने ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको थियो । तर, तल्लो तहको अधिवेशनमा ढिलाइ भएपछि देउवाले मंसिरभित्र गरिसक्ने गरी कार्यतालिका तय गर्न निर्वाचन समितिलाई निर्देशन दिएका हुन्।