१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सैन्य सहायताबारे नेपाल र भारतबीच संयुक्त बैठक बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:३o:oo

सैन्य मामिलामा छलफल गर्ने निकाय नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक तीन वर्षपछि भारतमा बस्न लागेको छ । नेपाली सेनाको हतियार तथा गोलीगठ्ठा खरिद एवं द्विपक्षीय सैन्य सहयोगका विषयमा बिहीबार र शुक्रबार (कात्तिक ११ र १२ गते) भारतको बैंग्लोरमा हुन लागेको हो ।

नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा नियमित रूपमा छलफल गर्ने यो संयन्त्र ०६० सालमा गठन गरिएको थियो । बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख तीर्थराज वाग्ले र भारतको तर्फबाट विदेश मन्त्रालयको उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तबले नेतृत्व गर्नेछन्। दुवै मुलुकका तर्फबाट रक्षा मन्त्रालयका सहसचिव एवं नेपाली र भारतीय सेनाका अधिकारीहरू बैठकमा सहभागी हुनेछन्।
 
नेपाली सेनाका अनुसार अहिले परामर्श समूहको १४औँ बैठक बस्न लागेको हो। बैठक ०७६ चैत्रमा नयाँ दिल्लीमा आयोजना गर्ने तय भए पनि कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । छलफलमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धिसम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।

ad
ad