मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ९ मंगलबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतका विकृति अन्त्य गर्न ट्रेड युनियनहरूको माग, अन्यथा आन्दोलनमा उत्रने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १५:५९:oo

सर्वोच्च अदालतमा देखिएको विकृति–विसंगति अन्त्य गर्न सर्वोच्चका ट्रेड युनियनहरूले माग गरेका छन्। मंगलबार सर्वोच्चका आधिकारिक ट्रेड युनियनहरूले संयुक्त वक्तव्य जारी गर्दै सर्वोच्च अदालतमा हालै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

आधिकारिक ट्रेड युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा अदालतमा विकृति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्न प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई आग्रह गरिएको छ। अन्यथा न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षण गर्न आफूहरू आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने युनियनहरूले चेतावनी दिएका छन्।

‘यस्ता अशाेभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति–विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौँ ।अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौँ,’ विज्ञप्तिमा उल्लेख छ।