Skip This
राजनीतिक स्वार्थअनुकूलको फैसला गर्दा सर्वोच्चमा समस्या देखियो : नेता ज्ञवाली 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ९ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक स्वार्थअनुकूलको फैसला गर्दा सर्वोच्चमा समस्या देखियो : नेता ज्ञवाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार ११:o२:oo

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले न्यायालयमा पछिल्लो समय देखापरेको समस्या दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।  

‘सर्वोच्च अदालतमा देखापरेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण छ। न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा  देखापर्‍यो,’ उनले भनेका छन्, ‘निश्चित राजनीतिक नेताहरूको सत्तास्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति।’

नेता ज्ञवालीले एक व्यक्तिलाई निशाना बनाएर  चलाइएको  अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने नभई झनै संस्थागत गर्नु र आफूले भनेअनुसारको फैसला सुनिश्चित गर्नु रहेको प्रतिक्रिया दिएका छन्। 

‘एकजना व्यक्तिलाई निशाना बनाएर  चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भनेअनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एन्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी सिकार बनाउनेछ,’ उनले भनेका छन्।