१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धानबालीको क्षति अध्ययन गर्न गृहसचिवको संयोजकत्वमा कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ९ मंगलबार ०८:००:००

सरकारले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यदल बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

कृषि, उद्योग तथा पशुपक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कार्यदल सदस्य छन् । त्यस्तै, राष्ट्रिय योजना आयोगका सचिव पनि सदस्य छन् । 

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । 

नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ । कोभिड– १९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।