मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०७८ कार्तिक ७ आइतबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितका लागि विशेष प्याकेज ल्याउँछौँ : प्रधानमन्त्री (भिडियो)

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ७ आइतबार १२:२३:००

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबानपीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढीपहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेषगरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताए। उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए। 

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने वेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र  किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने आश्वासन दिए। 

‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौँ, साधन–स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौँ, बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानका लागि व्यवस्था गर्नेर्छौँ, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री देउवाले बाढीपहिरोपीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा गरे। सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यकता भएको बताए।