मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ७ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका विराटनगर
२o७८ कार्तिक ७ आइतबार १२:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ : प्रदेश सभा बैठक रोक्न माग गर्दै कांग्रेसको निवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक ७ आइतबार १२:१७:oo

नेपाली कांग्रेसले आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेश सभा बैठक स्थगनको माग गर्दै छुट्टै निवेदन दिएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित पूर्वी जिल्लाहरूको भ्रमण गर्ने कार्यक्रम रहेकाले सांसदहरूको उपस्थिति प्रभावित हुन सक्ने भन्दै प्रदेश सभा बैठक स्थगनका लागि सभामुखसमक्ष निवेदन दिएको हो। 

प्रदेश सरकारमा कांग्रेसले नेकपा एससँग आलोपालो गर्ने अनौपचारिक माग राखेको छ। स्रोतका अनुसार सांसदहरूले फ्लोर  क्रस गर्न सक्ने सम्भावना रहेको सूचना पाएपछि कांग्रेसले बैठक स्थगनका लागि निवेदन दिएको हो। 
आज मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ।