मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक अधिकारी काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार १७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या १११ पुग्यो, ३७ जना अझै बेपत्ता

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडौं
२०७८ कार्तिक ५ शुक्रबार १७:२४:००

बेमौसमी वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ। नेपाल प्रहरीको शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार ज्यान गुमाउनेको संख्या १११, घाइतेको  संख्या ४२ र  बेपत्ता हुनेको संख्या ३७ पुगेको हो ।

मृत्यु हुनेहरूमा  १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ रहेका छन् । घाइते हुनेहरूमा १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बाढीपहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता भएका छन्। प्रहरीले बेपत्ताको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।
बाढीका कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ सय ८६ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८  घर परिवार विस्थापित भएको प्रहरीको तथ्यांक रहेको छ ।