मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गएराति मध्यपुर थिमी नगरपालिका– १ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका– १० का ३६ वर्षीय चित्रबहादुर पुनमगर पक्राउ परेका हुन्।

लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट बा.४९प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको छ।