मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 02 December, 2021
२०७८ कार्तिक ४ बिहीबार १५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोले गरेको क्षतिको अवलोकन गर्न बझाङ पुग्यो प्रधानमन्त्री र अर्थमन्त्रीको टोली

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार १५:३१:००

आइतबारदेखि परेको वर्षाका कारण बाढी र पहिरोले गरेको क्षतिको अवलोकन गर्न प्रधानमन्त्रीको टोली बझाङ पुगेको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जर्नादन शर्मा र पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको टोली क्षतिको अवलोकन गर्न बझाङ पुगेको हो।

टोलीले बझाङको थलारामा गएको पहिरोको हवाई निरीक्षण गरेको छ। जिल्लामा भएको क्षतिको विवरण प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र  जिल्लाका नेताहरूले प्रधानमन्त्रीसमक्ष राखेका थिए।

प्रधानमन्त्रीको टोली सवार हेलिकोप्टर नेपाली सेनाको ब्यारेकमा अवतरण भएको थियो। प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासमक्ष नेपाली कांग्रेसका नेता चेतराज बजाल, हिरेन्द्र छत्याल, पृथ्वी सिंह, माओवादी केन्द्रका युवा नेता नरेन्द्र खड्का, रामचन्द्र रोकाया   र नेकपा एकीकृत समाजवादीका बझाङ जिल्ला इन्चार्ज दिलबहादुर सिंहलगायतले बझाङमा भएको क्षतिबारे जानकारी दिए। प्रधानमन्त्री देउवाले बाढीपहिरोपीडितहरूलाई तत्काल राहातको व्यवस्था हुने आश्वासन दिएका छन्।

बझाङमा हालसम्म पहिरोले च्यापिएर सातजनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन्।