१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगान महिलाको अधिकारका लागि सहयोग गर्न राष्ट्रसंघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १४:o६:oo

अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघीय एक अधिकारीले आग्रह गरेका छन्। उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूलाई महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन्।

अफगानिस्तानका लागि  ‘युएन वुमन’का उपप्रमुख एलिसन डेभिडियनले यस्तो बताएका हुन्। उनले भनेका छन्, ‘अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले हाल अफगानिस्तानलाई सहयोग गरेका संघसंस्थाहरूले पनि यहाँ महिला अधिकार र उनीहरूको सशक्तीकरणका लागि सहयोग गर्नुपर्दछ ।’

उनले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिवानी विद्रोहीहरूको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाहरूले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसंग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गरेका हुन्। तालिवानीहरूले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरू अधिकारबाट वञ्चित नगर्न विश्वका देशहरूले आग्रह गरिरहेका छन्। रासस

ad
ad