मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगर विमानस्थल डुबानमा, हवाई उडान अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२o:oo

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएका छन् । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एयरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्द गरेका छन्। उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन्। आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौंदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका हुन्। यो गन्तव्यमा बुद्ध एयरको दैनिक ११ देखि १३ उडान हुन्थ्यो।

विराटनगरको विकल्पमा भद्रपुरमा उडान थप्ने क्रममा रहेको सो एयरलाइन्सले जनाएको छ। भद्रपुर विमानस्थलबाट यात्रुले आवतजावत गर्न सक्नेछन्। बुद्धले भद्रपुरमा दैनिक पाँच उडान गर्दै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा अब यात्रुको मागअनुसार केही उडान थप्न लागिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। रासस