१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी चिकित्सकको सुविधा थप हुन्छ : राज्यमन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको बताएका छन्। चितवनस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमनपछि आयोजित कार्यक्रममा उनले सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने बताए।

‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सेवा–सुविधा थप गरेर सकेसम्म निजी क्षेत्रमा सेवा गर्न जान रोक्नेतर्फ सरकारले प्रयास गरिरहेको छ,’ राज्यमन्त्री श्रेष्ठले भने। यसका लागि सरकारले समिति बनाएर आवश्यक प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिए।

उनले अस्पताल जनताले सेवा लिन सक्ने तथा चिकित्सक जान र बस्न सक्ने स्थानमा निर्माण गरिनुपर्नेमा जोड दिए। देशभरका सात सय ५३ पालिकामा अहिले पालिकास्तरीय अस्पताल निर्माणको काम भइरहेको जनाउँदै राज्यमन्त्री श्रेष्ठले अस्पताल निर्माण गर्दा योजना बनाएर गर्नुपर्ने बताए। रासस