Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक २ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमबहादुर विश्वकर्मा हत्या प्रकरण : चौतर्फी विरोध सुरु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक २ मंगलबार १०:५१:००

मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने चितवनको भरतपुर महानगरपालिका– ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको हत्या गर्नेहरूलाई कानुनी कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन चौतर्फी आवाज उठ्न थालेको छ । २८ असोज दसैँको महानवमीको दिन मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा पाइपले कुटेर उनकाे बीभत्स हत्या गरिएको थियो । 

पूजा गर्न पाउनुपर्छ भन्दा एउटै धर्म सम्प्रदायका मानिसले जातको आधारमा भीमबहादुरको क्रूर हत्या भएको घटनाले हिन्दू धर्म, कानुनी राज्य, संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको दलित अगुवाहरूको धारणा छ। उनीहरूले क्रूर, अमानवीय र आपराधिक घटनाबारे चासो दिन सञ्चारमाध्यम, मानवअधिकार आयोग, मानवअधिकारवादीहरू र नागरिक समाजसँग आग्रह गरेका छन् ।

घटनाको भर्त्सना गर्दै पूर्वमन्त्री तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले  दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संविधान र कानुनले समान हकअधिकार दिलाइसक्दा पनि धर्मको नाममा ठेकेदारहरूबाट भएको जघन्य अपराधको भण्डाफोर गर्न आग्रह गरेका छन् । 

चितवन प्रहरीले हत्यामा संलग्न दिलीप श्रेष्ठ र सीताराम बस्नेतलाई पक्राउ गरेर ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाही सुरु गरेको जनाएको छ ।