मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १ सोमबार
  • Thursday, 10 July, 2025
फाइल फोटो।
२o७८ कार्तिक १ सोमबार १८:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको नजरमा दुश्मन या चाकर मात्र रहेको मन्त्री झाँक्रीको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १ सोमबार १८:१३:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले केपी ओलीको नजरमा दुश्मन या चाकर मात्र रहेको टिप्पणी गरेकी छिन्। नेकपा (एकीकृत समाजवादी) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दे झाँक्रीले यस्तो बताएकी हुन्।

गाउँका इकाइदेखि केन्द्रीय राजनीतिमा जीवनका ऊर्जा सर्मपण गरे पनि एमाले पार्टीभित्र रैती बन्ने स्थिति देखा परेपछि स्वतन्त्र मान्छे बन्न समाजवादी पार्टी जन्माएको उनले जिकिर गरिन्। केपीले पार्टी सिद्धान्त र पद्धति खोज्नेलाई दुश्मन बनाएर आफ्नो भक्तिगान गर्ने र अवसरमा रमाउनेहरूलाई चाकर बनाएर राखेको उनको आरोप छ।

मन्त्री झाँक्रीले अझै पनि केही नेताहरूले बनिबनाउ घरको नाममा दासत्व खोजिरहेको बताइन् । विद्यार्थी जीवनदेखि गाउँका उन्यु र सिस्नो घारीबाट निस्केर पार्टीमा संगठित भएको विगत स्मरण गर्दै गुल्मेली माटोले अब आफनो भूमिका खोजेको झाँक्रीले उल्लेख गरिन्।

उनले मन्त्री भएपछि पास मार्क मात्रै प्राप्त गर्नेभन्दा पनि केही अनुकरणीय काममा आफूले प्रयत्न गर्ने भन्दै आगामी तीन महिनासम्म सबै तहका संगठनहरूको संरचना निर्माण गरेर पार्टीको नयाँ उचाइ स्थापित गर्ने बताइन्।