मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १४:१८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘को–हजबेन्ड’लाई अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलमा अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१८:oo

बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म  ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)ले  स्लोभाकियाको २९औँ अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल पोप्राडमा अवार्ड प्राप्त गरेको छ। निर्देशक गणेश पाण्डेका अनुसार फिल्म महोत्सवमा को–हजबेन्डले ‘अनरेवल मेन्सन अवार्ड’ प्राप्त गरेको हो।

यो डकुमेन्ट्री अक्टोबर १५ तारिखमा स्लोभाकियाका साथै जर्मनीको टेगेन्सी अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सवमा पनि एकसाथ प्रदर्शन भएको थियो।

काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन चलचित्र महोत्सवमा प्रिमियर गरिएको को–हजबेन्डले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र रसियाको कान्स अन्तर्राष्ट्रिय भिडियो महोत्सवमा समेत अवार्ड जितिसकेको छ। डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा रहेका लामा समुदायको बहुपति प्रथामा आधारित रहेर निर्माण गरिएको छ।