१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते, पाँचजनाको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। जिल्लाको भाल्चेबाट काठमाडौं जाँदै गरेको बा.४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका– ५ को मानेभञ्ज्याङमा दुर्घटना भएको हो।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए। लामाका अनुसार उनीहरूलाई थप उपचारका लागि हेलिकाेप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको छ। अन्य सामान्य घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले अध्ययन सुरु गरेको छ।