मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १ सोमबार ०८:१६:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कपिलवस्तुमा फैलिएको झाडापखालाबाट चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १ सोमबार ०८:१६:००

 गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट अहिलेसम्म चारजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । झाडापखाला र बान्ताका कारण तीन बालबालिका र एक ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाको महामारीबाट हालसम्म आठ सय ८५ जना बिरामी परेका छन् । उनीहरूमध्ये २५ जना बिरामी अझै शिवराज अस्पतालमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । 

स्वास्थ्य मन्त्रालयका अनुसार सो क्षेत्रमा ढल व्यवस्थापनको कार्य भइरहेको र खानेपानीमा मिसिएका कारण समस्या आएको हो । अहिले प्रकोप नियन्त्रणको चरणमा रहेको छ । केन्द्र, प्रदेश र स्थानीय तहबाट खटिएका स्वास्थ्यकर्मीहरूको टोलीको समन्वयमा प्रकोप नियन्त्रणउन्मुख भएको प्रवक्ता पौडेलले बताए । निरन्तर झाडापखाला लाग्दा शरीरको पानी सकिने र जलवियोजन हुने भएकाले जीवनजल पानी प्रशस्त मात्रामा सेवन गर्न सरकारले आग्रह गरेको छ । 

यसैबीच कोरोना संक्रमणदर चार प्रतिशतको नजिक पुगेको छ । चिकित्सकहरूले ३ प्रतिशत दैनिक संक्रमणदरलाई सामान्य रूपमा लिने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार आठ हजार ७७ नमुनाको आरटी पिसिआर परीक्षण गर्दा तीन सय ९१ जना अर्थात् चार दशमलव ८२ प्रतिशतमा संक्रमण देखिएको हो । यसबीचमा ६ जनाको मृत्यु भएको छ । हाल देशभर १२ हजार दुई सय ९७ जना सक्रिय संक्रमित छन् ।