१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
करन ताम्राकार
२०७५ फाल्गुण १६ बिहीबार ११:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातका कारण सात जिल्लाको सडक अवरुद्ध

Read Time : < 1 मिनेट
करन ताम्राकार
२०७५ फाल्गुण १६ बिहीबार ११:२१:००

मंगलबारदेखि लगातार परेको हिमपातले सुदूरपश्चिमका प्रदेशको सात पहाडी जिल्लाको यातयात सेवा ठप्प भएको छ । 

डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा हिमपातका कारण  दुई दिनदेखि यातायात सेवा चलेको थिएन् । डडेल्धुरा जिल्लाअ न्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करिब १ फिट बाक्लो हिउँ जमेको छ । 

राजमार्गमा जमेको हिउँ हटाउन अमरगढी नगरपालिका डडेल्धुराको डोजर मगाई  बिहीबार बिहानैबाट हिउँ पन्छाएर बाटो खुलाउन लागेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । 

राजमार्ग सञ्चालनको लागि डोजरसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रयास गरिरहेको उनले बताए ।