१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि सरकारी कार्यालय खुले, उपत्यकामा चहलपहल बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

दसैँमा बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन्। राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ।

आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारीसाधनको केही चाप बढेको छ। दसैँमा सुनसान प्रायः बनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन्।

दसैँ मनाउन गाउँघर गएका सर्वसाधारण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन्। कोटेश्वर, कलंकी, गोंगबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ। मानिसको चहलपहल र सवारीसाधनको आवतजावत तथा पसल पनि क्रमशः खुल्न थालेको छ।

दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो संख्यामा सवारीसाधन चले पनि ट्राफिक जाम भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ।